क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । राजविराज नगरपालिका -१३स्थित मधेश कृषि विश्वविद्यालय शिलान्यास कार्यक्रममा भएको जनमत कार्यकर्ता तथा प्रहरी झडपमा मन्त्री, सांसदसहित दर्जन कार्यकर्ता घाइते भएका छन् ।
प्रहरी र उनीहरू बिचको घम्साघम्सीमा प्रदर्शनमा रहेका मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादव तथा सांसद सतिश कुमार सिंहसहित एक दर्जन कायकर्ता घाइते भएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास कार्यक्रम गरिरहेको बेला जनमतले प्रदर्शन गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई रोकेका थिए ।
त्यस क्रममा प्रहरीले लाठी चार्ज गर्दा मन्त्रीको टाउकोमा चोट लागेको छ भने सांसदको शरिरको बिभिन्न भागमा चोट रहेको छ ।
उनीहरूसहित घाइते जनमतका अमरेन्द्र यादव, पप्पु यादव, उमेश राज, सचितानन्द यादब, प्रमोद ईसर, समिक्षा राणा अस्पतालमा भर्ना रहेका छन् । उनीहरूको गजेन्द्र नारायण सिंह अस्पाताल राजविराजमा उपचार भइरहेको छ।