क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । राजविराज नगरपालिका -१३ स्थित मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रम स्थलमा सुरक्षाको दृष्टिकोणले व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उक्त कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि आन्दोलित जनमतका कार्यकर्ताहरु जिल्लामा प्रदर्शन गरेका छन् ।
कार्यक्रममालाई शान्ति पुर्ण रुपले सम्पन्न गराउन राजविराज लगायत कार्यक्रम स्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।