प्रवेश मिश्र
राजविराज ।भारतको अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा हुने दिन उत्सव मनाउन सप्तरी राममय बनेको छ ।
जिल्लाको गाउँघरदेखि सहरसम्मका स्थानीयहरु उत्सव मनाउने तयारीमा जुटेका छन् ।धार्मिक संघसंस्था, युवाहरु लगायत स्थानीय बासिन्दाहरुले राजविराज लगायत बिभिन्न गाउँको टोलटोलमा दिप प्रज्वलन लगायतको कार्यक्रम गरि उत्सव मनाउने तयारी गरिरहेको छ ।बिभिन्न ठाउँमा भगवान रामको भजन किर्तन भइरहेको छ ।उत्सवको तयारीमा सप्तरी राममय देखिएको छ ।
सोमबार भगवान रामको प्राण प्रतिष्ठा गरिने दिन सदरमुकाम राजविराजसहित ५ पालिकामा सार्वजनिक विदा दिएको छ ।
राजविरज, शम्भुनाथ, बोदेबरसाईन, डाक्नेश्वरी नगरपालिका तथा छिनमस्ता गाउँपालिकाले सार्वजनिक विदा दिने जनाएका छन् ।
हिन्दु धर्मावलम्बीका लागि विशेष दिन हुने भएकाले विदा दिइएको जनाइएको छ ।
सप्तरीका अधिकांश पालिकाहरुले त्यस दिन पालिकाभरिको मन्दिरमा दिपोत्सव गर्न समेत अनुरोध गरेको छ ।सँगै सो दिन माछा, मासु र रक्सी बिक्री बितरण गर्न पनि बन्देज लगाइएको छ