क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं ।चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगार (साउन–पुस) मा कामको खोजीमा ३ लाख ४३ हजार ४ सय ५ नेपाली विदेश गएका छन् ।
विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या हो । यो संख्या अघिल्लो आव २०७९/८० को तुलनामा कम भए पनि यस वर्ष सुरुवाती महिनाको तुलनामा भने मंसिर र पुसमा उच्च दरले बढ्न थालेको देखिएको छ । गत आवको पहिलो ६ महिनामा ४ लाख १४ हजार ५ सय ४६ जना विदेशिएका थिए ।
विभागका अनुसार साउन २०८० मा काम खोज्दै ५५ हजार ५ सय ७५ विदेशिएकोमा पुसमा ६५ हजार ८ सय १३ नेपालीले नयाँ श्रम स्वीकृति लिएका छन् । पुस २०८० मा जारी श्रम स्वीकृति २०७९ पुसको तुलनामा समेत धेरै हो ।
अघिल्लो वर्ष पुसमा ६५ हजार ४ सय ६४ नेपाली विदेशिएका थिए । पुसमा विदेशिनेमध्ये ६ हजार ८४ महिला छन् । यो महिना नयाँ श्रम स्वीकृतिमा ३४ हजार ४ सय १५ र पुनः श्रम स्वीकृतिमा ३१ हजार ३ सय ९८ विदेशिएका छन् ।