Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

गाँजा तस्करीको हटस्पट बन्दै सप्तरी ! 

स्कुले बालकहरु पनि गाँजा, चुरोटको लतमा

गाँजा तस्करीको हटस्पट बन्दै सप्तरी ! 

प्रवेश मिश्र

राजविराज। सप्तरीको बिभिन्न नाका भएर लागुऔषध गाँजाको व्यापक तस्करी भइरहेको छ । पछिल्लो समय जिल्लाको बिभिन्न ठाउँबाट प्रहरीले भारी परिणाममा गाँजा बरामद गरेको छ ।

सप्तरी प्रहरीले गत शनिबार मात्रै टिपरमा बालुवाभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा शुक्रबार कल्याणपूरबाट बरामद गरेको १० क्विन्टल ६ किलो गाँजा सार्वजनिक गरेको छ। गाँजा सहित प्रहरीले एक जनालाई‌ समेत नियन्त्रणमा लिएको छ ।

४ पुषमा सशस्त्र प्रहरीले सप्तरीबाट २ सय ४० किलो गाँजा बरामद गरेको थियो ।जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-८ कोशी नदिको पलारबाट लुकाई छिपाई राखेको अबस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको थियो ।

त्यसअघि ९ मंसिरमा राजगढ-बनैनिया इलाकास्थित नेपाल-भारत सिमानामा फ्याँकिएको झोला चेक गर्दा २५ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको थियो । राति १२ बजे सशस्त्र प्रहरीको गस्ती टोली देखेर दुईजना पुरुष झोला फ्याँकेर भारतीय भूमितर्फ भागेका थिए । प्रहरीले झोला चेक गर्दा त्यसबाट गाँजा बरामद भएको थियो ।

त्यस्तै २०७९ पुस १४ जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१स्थित ब्यारेजबाट बालुबामा पुरेर राखिएको अवस्थामा ८ सय १० किलो गाँजा सप्तरी प्रहरीले बरामद गरेको थियो ।

यी तस्करीको उदाहरण मात्र हुन् ।यस्तो ठुलो तथा सानो परिणाममा निरन्तर यहाँबाट गाँजा तस्करी हुने गरेको स्थानीय बताउँछन् ।

‘यहाँबाट सधैँ गाँजा तस्करी भईनैरहन्छ , कहिले सानो परिणाममा त कहिले ट्रक र नाउमा हुन्छ,’ एक जना स्थानीयले भने, ‘लागुऔषध सेवनको हेर्नुस् न सात,आठ बर्षकै स्कुले बालकहरु पनि गाँजा, चुरोट खाएरहेको हुन्छ ।’

उनले यसमा सरोकारवाला गम्भीर नभए देशको भविष्यको के हुने हो भन्दै चिन्ता व्यक्त गरे ।

प्रहरीले पटकपटक भारी मात्रामा गाँजा बरामद गरे पनि एकदुई अवस्था बाहेक त्यसमा संलग्न गिरोहलाई समात्न सकेको छैन् ।

सप्तरी प्रहरीका प्रमुख एसपी गजुसिद्धि बज्रचार्यले बाहिरबाट आएको गाँजा भारत लैजान सप्तरी बाटोको रुपमा प्रयोग भइरहेको बताए ।

‘अस्ति हामीले १० क्विन्टल गाँजा र एक जना मानिस नियन्त्रणमा लिएको हो, त्यसको औरिजिन(मुख्य प्वाइन्ट) कहाँ छ, अनुस्धान गरिरहेको छौँ,’ उनले भने, ‘यो सप्तरीमा तयार भएको होइन्, बाहिरैबाट आएको हो, सप्तरी ट्रान्जिट प्वाइन्ट मात्र हो ।’

नेपालबाट तयार भएर भारत निर्यात गरिएको गाँजा उता ३० देखि ३५ हजार रुपैयाँ प्रति किलो विक्री हुने गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology