क्रान्ति केन्द्र सम्वाददाता
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीले उम्मेदवारी दिएका छन् । अहिलेसम्म अध्यक्षमा रेशम चौधरीले मात्र उम्मेदवारी दिएका छन् ।
टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशको पत्नी रञ्जिताको नेतृत्वमा दल बनाएकी थिइन् । रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री छिन् । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम पार्टी राजनीतिमा सक्रिय छन् ।उपाध्यक्षमा १० जना र महासचिवमा गंगाराम चौधरीसहित ५ जनाको उम्मेदवारी परेको छ ।
टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।