क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोमा जग्गा विवादको कारणले भाईले आफ्नो दाई, भाउजु तथा भतिजोलाई कुटपिट गरेको छ ।
मंगलबार प्रमोद झा सहितको परिवारले आफ्नो दाई अमोल झा, उनका पत्नी रंजना झा र छोरा कमलेश झालाई कुटपिट गरेको छ ।
विगत १० बर्षदेखी चल्दै आएको जग्गाको विवाद हाल जिल्ला अदालतबाट अंशबड्डा भइ टुंगो लाग्दा समेत कागजको कुनै वास्ता नगरि प्रमोदले आफ्नो जग्गामाथी पनि कब्जा गर्दै अमोल झाले बताए ।
आफ्ना आमालाई आफूसँग नराख्ने र आमाको भागको जग्गा आफुले लिमे प्रमोदले भन्दै आएको अमोलले बताए ।
गत भदौमा जिल्ला अदालबाट आमाको नाममा रहेको जग्गा ३ भागमा बाडिँएर अंशबण्डा भइसकेपनि प्रमोदले जबरजस्ती दाईको जग्गा समेत कब्जा गरेर त्यसमा रुख, बाली, झाडी सुख भोग गर्दै आएको छ ।
अमोल आफ्नो जग्गामा रहेको रुख र बाली हेर्न गएपछि प्रमोद र उनका पत्नी सिता देवी झा र छोरा राजन झाले गुण्डा बोलाएर उनीहरूलाई कुटपिट गरेको बताइएको छ ।
कुटपिटमा रंजना, अमोल र उनका छोरा कमलेश तीनै जनाको टाउको फुटेको छ । उनीहरू अहिले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत रहेका छन् ।
रंजनाको देब्रे हात समेत भाँचेको र टाउकोमा गम्भीर चोट रहेको छिन्नमस्ता अस्पतालका सर्जन डाक्टरलाई उदृत गर्दै पिडित कमलेशले बताए ।
यता घटना विषयलाई लिएर ईलाका प्रहरी कार्यालय झुटकीका ईन्चार्जसँग बुझदा उनले घटनाको दोषी प्रमोदको परिवार रहेको बताए ।
उनले भने ‘घटना बारे बुझ्न हाम्रो टोली पुग्दा प्रमोद झाको परिवार हाम्रो टोलीमाथी मुख छाडने गर्छन । घटना विषयमा मैले जिल्ला प्रहरीमा समेत जानकारी गराईसकेको हौं ।’