क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१, तिलाठीस्थित ऊँ श्रृजन कृषि सहकारी संस्था लिमिटेडले तेश्रो बार्षिक साधारण सभा गरेको छ ।
शनिबार आयोजित कार्यक्रमा संस्थाका अध्यक्ष सम्बोध झाले संस्थाको आर्थिक वर्ष २०७९/०८०को आयव्यय विवरण सार्वजनिक गरेका छन् ।
संस्थाले गत आर्थिक वर्षमा शेयर बिक्री, ऋण असुल, निक्षेप बचत, नगद मौज्दात, बैंक मोज्दात, अनुदान गरी कुल ६५ लाख ७३ हजार ५ सय ७९ रूपैयाँ आम्दनी गरेको छ ।
संस्थाले गत वर्ष ११ लाख ८४ लाख ऋण लगानी गरेको अध्यक्ष झाले बताए ।
उनले संस्थालाई अगाडि लैजान आफुले हरसम्भव प्रयास गरिरहेको भन्दै त्यसमा साथ दिन सबैलाई आग्रह गरे ।
झाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सांसद सतिश कुमार सिंह, अतिथिहरु तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु झा, वडा नं १का अध्यक्ष दिनेश्वर मिश्र लगायत सहकारीका शेयर सदस्यहरु तथा स्थानीयको उपस्थिति रहेको थियो ।