क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका विद्यालयमा जाडो विदा दिइएको छ । सोमबार पालिकाले एक सुचना जारी गर्दै नगरपालिकास्थित रहेका सम्पुर्ण विद्यालयहरुमा जाडो विदा दिएको हो ।
नगरपालिकाका निमित्त् प्रमुख प्रशासकीय अधिकृत श्याम सुन्दर मंडलले जारी गरेको उक्त सुचनामा शितलहरका कारण विद्यालयहरुमा पठनपाठन कार्य असहज हुन गएकोले पुष २४देखि माघ २ गतेसम्मको लागि बिदा दिएको उल्लेख छ ।
माघ ३ गते देखि पठनपाठन कार्य पुर्ववत अवस्थामा नै संचालन हुने जनाइएको छ ।