क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । पर्साकाे बिरगंजमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत मधेश प्रदेश स्तरिय पुरूष सिनियर एकदिवसिय क्रिकेट छनाेट प्रतियाेगितामा सप्तरी कप्तान राहुल मण्डलले शतक प्रहार गरेका छन।
आइतवार सम्पन्न खेलमा सप्तरीका राहुल मण्डलले कप्तानी पारी खेल्दै प्रतियाेगिताकै पहिलाे शतक प्रहार गर्दै १ सय १४ बनाएका थिए।
बाराले दिएकाे २ सय ३५ रनकाे लक्ष्य पछयाउने क्रममा फस्ट डाउन ब्याटिंग गर्न अाएका सप्तरीका कप्तान मण्डलले १ सय ३ बल खेल्दै ११ चाैका र ४ छक्काकाे मदतले १ सय १४ रन जाेडदै सप्तरीलाई जित नजिक पुरयाएका थिए।
सप्तरीले जित पछयाउने क्रममा निर्धारित ३६ ओभरमा ६ बिकेटकाे क्षतिमा १ सय २२ रनमात्र बनाउन सकेका थिए।
टिमलाई जिताउन अन्तिम सम्म अभिषेक कार्की र राहुल बिक र ले संघर्ष गर्दै ५० रनकाे साझेदारी गर्दै कार्कीले २३ रन र राहुल बिकले अविजित २७ रनकाे पारी खेल्दै जितका लागी १० रन बनाउन वाट चुके।
अन्तिम ओभरमा राहुल बिकलाई साथ दिने क्रममा पप्पु कुमार यादब( बि) ले ५ बल खेल्दै १ रन बनाएकाे अबस्थामा बाराका बलर अनिल कुमार साहकाे बलमा बाेल्ड हुन पुगेपछि सप्तरी बिजयी हुनवाट चुके।
यसैगरी सप्तरीका ओपनर ब्याटर अमित यादबले २५ रन जाेडे भने नितेश यादबले १९ रन, अर्का ओपनर ब्याटर राेहन बिकले ५ बल खेल्दै खाता नखाेल्दै भुलावन सहनीकाे बलमा एलबीडब्लुकाे धरापमा परेका थिए।
टसजितेर बाराले निर्धारित ३६ ओभरमा ९ बिकेटकाे क्षतिमा २ सय ३५ रनकाे याेगफल खडा गरेका थिए।जसमा अनिल कुमार साह ८१ रन, अरिनकाे यादब ६३, साहिल पटेल ३६ रन बनाएका थिए।
बलिंग तर्फ सप्तरीका नितेश यादब( बि) र सकिम आलमले ३/३ बिकेट, राहुल बिक २ र राज बर्मा १ बिकेट लिएका थिए।
प्रतिउतरमा सप्तरीले ३६ ओभरमा ६ बिकेट गुमाई २ सय २५ रन मात्र बनाएपछि बारा १० रनले बिजयी भएका थिए।
बलिंग तर्फ बाराका भुलावन सहनीले घातक बलिंग गर्दै सप्तरीका महत्वपुर्ण ३ बिकेट लिएकाे थिए।
यसैगरी अर्का बलर निखिल सिँह, अरनिकाे यादब र अनिल कुमार साहले १/१ बिकेट हात पारेका थिए।
खेलकाे प्लेयर अफ दि म्याच बाराका अनिल साह घाेषित भएकाे थियाे।
यस छनाेट प्रतियाेगितावाट यही २८ गते देखि काठमान्डाैमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सहभागिताका लागि मधेश प्रदेश टिम चयन गरिने मधेश प्रदेश क्रिकेट सँघका सचिव आयुष श्रेष्ठले जानकारी दिए।