क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ झौरा चौकबाट स्रोत नखुलेको ५ लाखबढी भारतीय रुपैयासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत विहार राज्यको मधुबनी जिल्लास्थित भरफोरी ग्राम पञ्चायत सुब्बा टोल–३ का २५ वर्षीय संजय कुमार यादव रहेका छन् ।
शनिबार पत्रकार सम्मेलनमा सप्तरी प्रहरीले उनलाई सार्वजनिक गरेका छन् ।
बीआर ५० बी १५४२ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्दा पक्राउ परेका यादवको साथबाट स्रोतबाट नखुलेको ५ लाख २९ हजार ९ सय ७० रुपैयाँ बरामद गरिएको प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताए। यादवमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।