क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले रामराजा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको कार्य अघि बढ्ने बताएका छन् । प्रतिष्ठान निर्माणका लागि संकलन गरिएको १० हजार हस्ताक्षर बुझाउन आएका सप्तरीका युवासँग बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री दहालले प्रतिष्ठानको रिक्त पदाधिकारी नियुक्ति लगायतको कार्य अघि बढने बताए ।
‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा म जानकार छु,’ प्रधानमन्त्री दहालले भने, ‘कानुनी र प्राविधिक सबै कुरा अघि बढ्छ ।’
०७५ सालमा मन्त्रिपरिषद् बैठकले जिल्लाको राजविराज नगरपालिका– १० बिरौलस्थित प्रतिष्ठान निर्माण गर्ने निर्णयपछि २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए । तर, अहिलेसम्म डिपीआर निर्माणबाहेक अन्य काम भएको छैन् ।