क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको महादेवा गाउँपालिकामा विगत लामो समयदेखि अतिक्रमणमा रहेको जग्गा खाली गराउन सुरु गरिएको छ । सोमबारदेखि पालिका अध्यक्ष सुनिल कुमार मण्डलको अगुवाईमा अतिक्रमण हटाउन सुरु गरिएको हो ।
गाउँपालिकाका ६ वटै वडामा रहेको अतिक्रमित जग्गा खाली गराउने योजना रहेको अध्यक्ष मण्डलले बताएका छन् ।
उनले वडा नम्बर ५ भगवतपुर स्थित पोखरीबाट उक्त कामको सुरुवात गरेको बताए ।
पोखरी डिलको लगभग एक विघा जग्गालाई अतिक्रमण मुक्त गराएकाो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले बताए । उनले यो कार्य अन्य वडाहरुमा समेत गरिने बताए ।