क्रान्ति केन्द्र सम्वाददाता
भारतमा पुनः कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । भारतको केरला र यूपीमा एकपटक पुनः कोरोनाले तिब्रता लिएको छ । पछिल्लो २४ घण्टामा ३ सय ३५ जनामा नयाँ केस देखा परेको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।
भारतमा आइतबार कोरोनाबाट यूपीमा एक जना र केरलामा चार जना गरी कुल ५ जनाको ज्यान समेत गएको भारतीय संचारमाध्यमहरुले जनाएको छ । यसैसाथ कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ । कोरोनाको नयाँ संस्करण जेएन–१ केरलामा दस्तक दिएसँगै देशका सबै राज्यले आफ्नो स्वास्थ्य सुरक्षा बढाएको छ ।
कोरोनाको घातक संस्करण केरलामा फेला परेकोमा सतर्कता अपनाउनको लागि कर्नाटक सरकारले एउटा एडभाइजरी जारी गरेको छ । स्वास्थ्यमन्त्री दिनेश गुण्डु रावले राज्यका सबै ज्येष्ठ नागरिक र अन्य रोगबाट पीडित व्यक्तिलाई मास्क लगाउन सल्लाह समेत दिएका भारतीय संचारमाध्यमहरुले लेखेका छन् ।
राज्यका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री दिनेश गुन्डु रावले सोमबार ज्येष्ठ नागरिक र अन्य रोगबाट पीडित व्यक्तिहरूलाई मास्क लगाउन सल्लाह दिएका छन् । कर्नाटकको कोडागुमा पत्रकारहरुसँग कुरा गर्दै स्वास्थ्यमन्त्रीले आत्तिनुपर्ने अवस्था छैन तर सतर्कता आवश्यक रहेको पनि बताए ।















