क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । ड्रिम नेपाल युथ एशोसिएसन राजविराजले जाँजरकोट भूकम्प पीडितलाई राहत वितरण गरेको छ ।
जाँजरकोटको भेरी गाउँपालिका -२स्थितका पीडितहरुलाई सोमबार राहत वितरण गरिएको हो ।
त्यहाँका पीडित ४ सय परिवारलाई राहत वितरण गरिएको ड्रिम नेपालले जनाएको छ । उनीहरूलाई जाडो छल्न लत्ताकपडा तथा बच्चाको लागि प्रोटिन लगायतका सामाग्री वितरण गरिएको जनाइएको छ ।
पीडितलाई राहत वितरण गर्न ड्रिम नेपालको ८ जनाको टोली जाँजरकोट पुगेको छ ।