क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सरकारले कुवेतका अमिरको निधनमा आज सोमबार शोक मनाउने निर्णय गरेको छ ।
कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाजेर अल सबाको ३० मंसिरमा ८६ वर्षको उमेरमा निधन भएको थियो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको सम्मानमा आज २ पुसमा शोक मनाउने र देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।