क्रान्ति केन्द्र सम्वाददाता
राजबिराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ लोखरमका वडा कार्यालयले मदिरा बिक्री बितरणमा कडाई गरेको छ ।
वडा अध्यक्ष जय प्रकाश ठाकुरले सुचना जारी गर्दै टोल बस्ती भित्र बेलुकाको ४ बजेदेखी ६ बजे सम्म मात्रै बिक्री बितरण गर्न पाईने जनाएका छन् ।
सँगै कुनै पनि पसलमा बसाएर खुवाउन नपाउने जनाएको छ । सुचनामा राजबिराज कुनौली सडक खण्डमा रहेका मदिरा पसलहरु रातिको ८ बजेसम्म बिक्री बितरण गर्न पाईने भनिएको छ ।
सुचनामा १८ बर्ष मुनिका बालबालिकालाई मदिरा बिक्री बितरण गर्न नपाईने जनाइएको छ ।
कानुन बिपरित काम गर्नेलाई जरीवाना र कानुन बमोजिमको कारबाही हुने चेतावनी समेत दिइएको छ ।