क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं १ बरहीविरपुर बालविवाह मुक्त वडा घोषणा भएको छ । वडाध्यक्ष अध्यक्ष ललन प्रसाद यादवको अध्यक्षता बुधवार एक कार्यक्रम गरी बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष बिद्यानन्द चौधरीले बालविवाह मुक्त क्षेत्र घोषणा पत्र वडाध्यक्षलाई हस्तान्तरण गरे ।
कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री उमेश प्रसाद यादवले बालविवाहले अनेकन स्वास्थ्य समस्यासँगै सामाजिक र मानसिक समस्या निम्ति रहेकोले पालिकाको यो कदम सराहनीय रहेको बताए ।
अध्यक्ष चौधरीले अभियाननुसार वडाका प्रत्येक घरमुलीहरुबाट अबदेखि वाल विवाह नगर्ने र नगराउने तथा छोराछोरीको विवाह गर्नु अगावै वडा कार्यालयबाट लिखित अनुमति लिएर विवाह गर्ने प्रतिवद्धता जनाइएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहितका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपाध्यक्ष राजु देवी यादव,सबै वडाका अध्यक्ष सहित सरोकारबालाहरुको उपस्थिति रहेको थियो ।















