क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । स्वतन्त्र संघीय सांसद डा.अमरेश कुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले ब्यपारीहरूसँग बिभिन्न बिषयमा पैसा लिएको आरोप लगाएका छन् ।
उनले आइतबार बिहान आफ्ना समाजिक संजालमा उक्त कुरा लेख्दै समय आएपछि सबै प्रमाण सार्वजनिक गर्ने दाबी समेत गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गङा दहालले कुन-कुन ब्यापारी सङ कुन-कुन मामिलामा कति रकम बुझेका छिन त्यो सबै प्रमाण म सङ सुरक्षीत छ। समय आएपछी त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु।’