Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजनीतिको शिकार रामराजा प्रतिष्ठान

जितेन्द्र झा

राजविराज । नेपालमा त्रिभुवन विश्व विद्यालय स्थापना अघि राजविराजमा महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस थिए । कानुन र मानविकि संकायको अध्ययनका लागि मुलुकमै चिनिएको क्याम्पस हो यो । कुनै वेला यहाँ खोटांग, ओखलढुंगा, सोलु सम्मका विद्यार्थिहरु ठुलो संख्यामा पढन आउने गथ्र्यौ । भन्नुको तात्पर्य राजविराज शुरुदेखि नै शिक्षाको हब जस्तै थियो । यद्यपी मेडिकल कलेजको सपना सप्तरीको लागि अझै साकार हुने सम्भावना देखिएको छैन । स्थानीयहरु कयौ सातादेखि अनशनमा छन्, युवाहरु आन्दोलित छन्, फेसबुक तरंगित छन् । तर, सिंहदरबारसम्म यस तरंगको ध्वनी अझै पुग्न सकेको दैखिदैन ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनामा जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा तात्कालिन सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवको ठुलो योगदान छ । २०७४ सालमा सप्तरीवाट चुनाव लडन् आउँदा प्रचार प्रसारकै क्रममा सप्तरीवासीको पुरानो सपनालाई उनले पुर्नजिवित पारेका थिए । राजविराजमा मेडिकल कलेज स्थापना गर्ने प्रतिवद्धता यादवले आफ्नो चुनावी घर दैलोमै गरेका थिए । निर्वाचित भए लगत्तै केपी शर्मा ओलीको सरकारमा उनी स्वास्थ्य मन्त्री भए । सोहि वेलाको सरकारले राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णाय गरेको थियो ।

प्रतिष्ठानको इतिहाससँगै उपेन्द्र यादवको नाम पनि सधै जोडिरहिनेछन् । उनको साखसँग पनि जोडिएका छन् यो प्रतिष्ठान । प्रतिष्ठान ठप्प भयो भने त्यतिकै अपजसको पनि भागिदार बन्नुपर्ने हुन्छ उनलाई । उनी स्वास्थ्य मन्त्री रहेकावेला स्थापना गरिएको प्रतिष्ठान वर्तमान सरकारका कारण अन्यौलग्रस्त अवस्थामा पुगेको छ । जुन सरकारमा उनी नेतृत्वको जनता समाजवादी पार्टी पनि सहभागि छन् । वर्तमान सरकार साच्चिकै उदासिन छन् भने जसपा खुलेर संघर्षमा किन आउँदैन ?

 

‘सप्तरी–२ वाट चुनाव हारेको रिसमा उपेन्द्र यादवले प्रतिष्ठान जोगाउन ध्यान दिएन’ भन्ने तर्क गर्नेहरु पनि हुन्छन् । सपना टुटे पछि आक्रोशित आम मनले पनि यस्ता कुराहरु गर्न सक्छन् । उसोपनि उनी सप्तरीवाट पराजित भएयता सप्तरीमा खासै ठुलो योजना समेत आएको अवस्था छैन । पछिल्लो सरकारहरुको तुलनामा संघ देखि प्रदेस सम्मका सरकारहरुमा पनि सप्तरीको सहभागिता शून्य नै छन् । पार्टीदेखि सरकार सम्मामा सप्तरीको अवस्था चर्चाकै विषय बनेको छ ।

[ रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान जसपा अध्यक्ष उपेन्द्र यादवको साखको परीक्षा हो । जनमतका अध्यक्ष डा. सिके राउतका लागि नैतिकताको चुनौती । गणतन्त्रवादी नेता स्वर्गीय रामराजा प्रसाद सिंहलाई प्रधानमन्त्री प्रचण्ड आफ्ना राजनीतिक गुरु भनेर समेत सम्बोधन गर्ने गरेका छन् । यो प्रतिष्ठान उनकालागि पनि भावनात्मक सवाल बन्न सक्नुपर्छ । पूर्व प्रधानमन्त्री ओली आफैले शिलान्यास गरेका थिए यसलाई । राजनीतिक दल तथा नेताहरुले हजारौ मतदातालाई बाँडेको प्रतिवद्धता हो यो प्रतिष्ठान । तर पनि प्रतिष्ठान मृत अवस्थामा पुगे । यो भन्दा दुर्भाग्य अरु के होला …? ]

सरकारी योजना तथा निर्णायहरुमा सप्तरीलाई वाईपास गर्ने काम भईरहेको भन्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सप्तरी–२वाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सिके राउत प्रतिनिधिसभा वैठकमा गुनासो पनि पोखेका थिए । संसदमा बौल्दै डा. राउतले ‘कसलाई खुशी पार्न सप्तरीलाई बायकट गरिएको छ, कुन प्रतिशोधको बदलता लिइँदैछ सप्तरी सँग ?’ भनि प्रश्नै गरेका थिए ।

वर्तमान सरकारमा डा. राउत नेतृत्वको जनमत पार्टी पनि सहभागि छन् । शत्ता गठबन्धनका एक जना नेता डा. राउत पनि हुन् । प्रतिष्ठानको सन्दर्भमा जुन रुपमा आवाज उठाउनुपर्ने हो त्यो नगरि प्रचारमुखि वन्न खोजेको आरोप जनमत माथि पनि लागि रहेको अवस्था छ । ‘प्रतिष्ठानसँग उपेन्द्र यादवको पहिचान जोडिएको र प्रतिष्ठान भईदिए उपेन्द्र यादव स्थापित हुने सोचका कारण डा. राउतले प्रतिष्ठानको सबालमा दोहरो चरित्र देखाएको’ भनि आरोप राउत माथि किन लाग्दैन ? किनभने यसअघि पनि यस्ता दृष्टान्तहरु देखेका छन् सप्तरीले ।

गजेन्द्र नारायण सिंह सप्तरी–२ बाट सांसद रहेका वेला यहाँ औद्योगिक क्षेत्र स्थापना गरिएको थियो । अहिलेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र त्यतिवेलै स्थापना गरिएको हो । सप्तरीको तिलाठी र भारत बिहारको कुनौली बजारलाई जोडन बेल्ही भन्सार स्थित खाँडो नदीमा मितेरी पुल बनाउने योजना त्यतिवेलै संसद सम्ममा बहस भएको बताईन्छ । तर गजेन्द्र नारायण सिंह पराजित भएसँगै ती योजनाहरु पनि हरायो । औद्योगीक क्षेत्रको अवस्था पनि कसैवाट लुकेको छैन ।

माओवादी नेता उमेशकुमार यादव सप्तरी–२ वाट निर्वाचित भई सिंचाई मन्त्री रहेको बेला खाँडो नदीलाई नियन्त्रीत गर्न खाँडो नदी नियन्त्रण आयोजना कार्यालय नै राजविराजमा स्थापना गरिएको थियो । बर्षैनी क्षति पु¥याउने यस नदीको नियन्त्रण हेर्ने छुट्टै कार्यालय उमेश यादवकै पालामा पहिलो पटक स्थापना गरिएको हो । खाँडो नदीलाई नियन्त्रण गर्नुका साथै नदीको दुवै तर्फको बाँध हुँदै दशगज्जादेखि चुरेसम्म सडक समेत विस्तार गर्ने लक्ष्यका साथ उक्त आयोजना कार्यालय स्थापना गरिएको थियो । तर, अब कार्यालय दुई भागमा बाँडिएर एक भाग उदयपुर पुगेको छ । बाँकि बचेको कार्यालय पनि कहिले बन्द हुने हो ठेगान छैन ।

सप्तरी–२ को पुरानो राजनीतिक परम्परालाई डा. राउतले पनि निरन्तरता दिन खोजेका रहेछन कि ? नभए रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा. सिके राउत र उनको पार्टी खुलेर संघर्षमा आउने हैन र ? मात्र समस्या उठाएर हुदैन सरकारमा सहभागि भएपछि समाधानको उपयाय पनि खोज्नु प¥यो नी जनमतलाई ?

रामराजा प्रसाद सिंहलाई पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादीले गणतन्त्र नेपालको प्रथम राष्ट्रपति पदका उम्मेदवार वनाएका थिए । प्रतिष्ठान स्थापनाका वेला पनि शत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड नै थिए । रामराजा प्रसाद सिंहको नाममा प्रतिष्ठान स्थापना गर्ने ओली नेतृत्व सरकारको निर्णायमा प्रचण्डको ठुलो भुमिका रहेको प्रचार गर्ने माओवादी नेता कार्यकर्ताको जमात पनि सानो छैन । तर, त्यस्तो हो भने प्रचण्ड प्रधानमन्त्री रहेका वेला प्रतिष्ठान अलपत्र अवस्थामा पुग्नुको कारण के होला त ? आफ्ना ‘राजनीतिक गुरु’को नाम र सम्मानका लागि भएपनि प्रतिष्ठानको वारेमा सकारात्मक पहल कदमि लिने दायित्यबोध प्रधानमन्त्री प्रचण्डले पक्कै पनि गर्नसक्नु पर्छ ।

केपी ओली नेतृत्वको सरकारले प्रतिष्ठान स्थापनाको निर्णाय गरेका थिए । प्रतिष्ठानको भर्चुअल शिलान्यास प्रधानमन्त्री ओलीले नै पनि गरेका थिए । आफु सरकारमा हुँदा प्रतिष्ठान प्रति सक्दो सकारात्कम रवैया अपनाएको एमालेको दावीलाई नकार्न सक्ने अवस्था पनि छैन । यद्यपी ओली अहिलेपनि नेता प्रतिपक्ष हुन र नेकपा एमाले प्रमुख प्रतिपक्षी दल । प्रधानमन्त्रीको रुपमा आफैले शिलान्यास गरेको योजना अलपत्र छन, आमजन आन्दोलित रहेको अवस्था छ । के यस्तो वेला पूर्व प्रधानमन्त्री ओली र उनी नेतृत्वको एमालेले आवाज उठाउनु पर्ने हैन ? सप्तरीको मलेठ घटना केपी ओली र एमालेका लागि एउटा कलंकित अध्याय हो । इतिहासमा यसको प्रभावलाई कमजोर पार्नका लागि ओलीले शिलान्यास गरेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुर्णता र सञ्चालन उनिहरुकालागि एउटा अवसर हुने थियो ।

ओली पश्चात लामो समयसम्म रहेको नेपाली काँग्रेस नेतृत्वको सरकारले यस प्रतिष्ठान माथि यथेष्ठ ध्यान दिन सकेन जसको परिणाम अहिले देखिएको छ । हालको सरकारमा पनि नेपाली काँग्रेस सबभन्दा ठुलो घटक हो । यद्यपी तराई मधेससँग आफ्नो पुरानो इतिहासको बखान गर्न नथाक्ने गरेका काँग्रेसीजनको रवैया पनि आशंकाकै दायरामा रहने गरेको देखिन्छ ।

रामराजा प्रसाद सिंह गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भईरहँदा काँग्रेसकै कारण सप्तरी ऐतिहासिक अवसरवाट चुकेको आरोप काँग्रेस उपर लाग्ने गरेको छ । तीनै गणतन्त्रवादी नेताको नाममा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको विफलताको आरोप पनि नेपाली काँग्रेस माथि लाग्दैन, त्यसको आधार के ?

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान जसपा अध्यक्ष उपेन्द्र यादवको साखको परीक्षा हो । जनमतका अध्यक्ष डा. सिके राउतका लागि नैतिकताको चुनौती । गणतन्त्रवादी नेता स्वर्गीय रामराजा प्रसाद सिंहलाई प्रधानमन्त्री प्रचण्ड आफ्ना राजनीतिक गुरु भनेर समेत सम्बोधन गर्ने गरेका छन् । यो प्रतिष्ठान उनकालागि पनि भावनात्मक सवाल बन्न सक्नुपर्छ । पूर्व प्रधानमन्त्री ओली आफैले शिलान्यास गरेका थिए यसलाई । राजनीतिक दल तथा नेताहरुले हजारौ मतदातालाई बाँडेको प्रतिवद्धता हो यो प्रतिष्ठान । तर पनि प्रतिष्ठान मृत अवस्थामा पुगे । यो भन्दा दुर्भाग्य अरु के होला …?

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology