क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजु कुमार झा नियुक्त भएका छन् ।
बिहिबार एक कार्यक्रम बिच उनलाई पालिका अध्यक्ष अरुण कुमार मण्डलले प्रमुख प्रशासकीय अधिकृतको रूपमा स्वागत गरेका छन् ।
सोहीदिन यसअघिका प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहको विदाई कार्यक्रम समेत गरिएको छ ।
झाले पहिला पनि तिलाठी कोइलाडी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बहन गरेका छन् ।
जिम्मेवारी पाएपछि झाले आफुले पालिकाको सेवा प्रवाहलाई तिव्र बनाउन सक्दो प्रयास गर्ने बताए ।
उक्त कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका -१, तिलाठीका वडाध्यक्ष दिनेश्वर मिश्र, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।