क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । जनता समाजवादी पार्टी(जसपा) नेपाल, सप्तरीको भातृसंगठन समाजबादी युवा संघ सप्तरीको कार्यसमिति विस्तार गरिएको छ ।
बुधबार राजविराजको राधाकृष्ण मन्दिरमा आयोजित जिल्लास्तरीय विस्तारित भेलाले कार्यसमितिलाई विस्तार गरि ५१ सदस्यीय बनाइएको छ ।
अध्यक्ष शिवम यादव रहेको उक्त समितिमा वरिष्ठ उपाध्यक्षमा माधव राय, राजिव साह, उपाध्यक्षमा न्यूटन यादव ,राधा साह, धर्मेन्द्र यादव, सचिवमा सुधिर कुमार यादव, सह सचिवमा त्रिभुवन यादव ,गौतम बर्मा तथा कोषाध्यक्षमाअनिल कुमार यादव छन् ।
सदस्यहरूमा राजेश रंजन, राजु चोैधरी ,हरेराम मुखिया,रवि राउत, आलोक चौरसिया लगायतका व्यक्तिहरु रहेका छन् ।
संघका अध्यक्ष शिवम यादवको अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि जसपा सप्तरीको जिल्ला युवा तथा विधार्थी विभाग प्रमुख निरज मुक्ति, विशिष्ट अतिथिहरु समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सचीव तारकेश्वर यादव, समाजवादी यूवा संघका प्रदेश सदस्य दिपक यादव, विजय साह, कार्यक्रममा जसपा जिल्ला सदस्य सन्तोष कुमार यादव लगायतको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
उक्त बैठकले युवा संघको उपाध्यक्ष केदार यादवलाई निलम्बन गर्ने निर्णय गरेको तथा पुष १४ गते युवा संघको वृहत भेला हुने समेत जनाइएको छ ।