क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । विराटनगरको सातघुम्तीमा रहेको एक कबाडी गोदाममा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीमा घाइते भएका दुई जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते छन् ।
मोरङ प्रहरीका अनुसार मृत्यु हुनेमा विराटनगर-७ का ३० वर्षीय दीपक मण्डल र एकको पहिचान खुल्न सकेको छैन । मण्डलको उपचारका क्रममा र पहिचान नखुलेकाको घटनास्थलमै मृत्यु भएको हो ।
घाइतेमध्ये ५५ वर्षीया रिता सरदार र ६० वर्षीय सुशीला पासवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनीहरुको ८० प्रतिशत शरीर जलेको छ । आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागीको कारण भने खुल्न बाँकी रहेको छ ।