क्रान्ति केन्द्र सम्वाददाता
भारतीय वायुसेनाको पिलाटस टेनर विमान तेलंगानाको डुंडीगलमा दुर्घटनाग्रस्त भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय वायुसेनाले बिहान हैदराबादबाट नियमित प्रशिक्षण उडानका क्रममा पिलाटस पीसी ७ एमके उडेको सो विमान दुर्घटना भएको हो।
दुर्घटनामा दुई पाइलटको मृत्यु भएको छ । दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिइएको भारतीय संचारमाध्यले जनाएको छ।