भारतबाट इन्धनको मूल्य घटेर आएसँगै नेपाल आयल निगम लिमिटेडले पनि पेट्रोलको मूल्यमा कमी गरेको छ । शुक्रबारदेखि लागु हुने गरी पेट्रोलको मूल्य घटेसँगै शुक्रबार राजविराजको अधिकांश पेट्रोल पम्पहरु बन्द थियो । पम्पमा पेट्रोल नरहेको भन्दै उपभोक्तालाई फर्काइरहेको थियो । जबकी राजविराजकै किराना पसलमा बोतलमा छ्यापछ्याप्ती पेट्रोल पाइरहेको थियो । एकैसाथ सबै पम्पमा पेट्रोल सिधिनु तर किराना पसलमा पेट्रोल हुनु आफैंमा संदेहपुर्ण छ ।
स्थानीय उपभोक्ताका अनुसार इन्धनको मूल्यमा कमी आए पेट्रोल पम्प बन्द हुने कुनै नौलौ होइन् । यहाँ ठूलाठूला नाम चलेका पम्पहरुको यही रवैया हो । पम्पले पुरानो मुल्यमा खरिद गरेको पेट्रोल व्यपारीलाई पुरानै मूल्यमा बेच्छन् । र उपभोक्तालाई त्यही पेट्रोल प्रतिलिटर ३०/४० रुपैयाँ बढी तिरेर किराना पसलबाट किन्नु पर्ने हुन्छ । अर्को खण्डमा इन्धनको मूल्य बढ्ने सम्भावना देखेपछि पनि पम्पहरुले त्यस अगावै पेट्रोल बिक्रीवितरण बन्द गर्छन् । र मुल्य बढेर आएपछि पुरानै मूल्यमा खरिद गरेको पेट्रोल नयाँ वृद्धि भएको मूल्यमा बेच्ने गर्छन् ।
जसले गर्दा पनि उपभोक्ता मारमा पर्ने गर्छन् ।खासमा नियामक निकायको अनुगमन कमीले यो प्रवृत्ति बढेको हो ।