क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपालको कानुन अनुसार स्थानीय तहले अषाढ १० गते भित्र ल्याई सक्नुपर्ने बजेट सप्तरीको रुपनी गाउँपालिकाले चालु आर्थिक वर्षको एक चौमासिक बितेपछि ल्याएको छ ।
निर्धारित समयभन्दा ५ महिना ढिलो मात्र शुक्रबार रुपनी गाउँपालिकाले तेश्रो गाउँसभा गरेको हो ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका उपसभापति शम्भु कुमार यादवको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहका विच गाउँसभा सम्पन्न भएको हो ।
सभामा गाउँपालिका उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीले अर्थिक बर्ष २०८०/०८१ को लागि प्रस्तावित ५४ करोड ४१ लाख १७ हजार २ सय २ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
पछिल्लो समय जनप्रतिनिधिहरुबिच तालमेल नमिलेपछि गाउँसभा हुन नसकेर रुपनी गाउँपालिकाको कर्मचारीले तलव खान नपाउनुकोसाथै सामाजिक सुरक्षाभत्ताबाट समेत लाभग्राहीहरु बन्चित भएका थिए ।