क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । जाँजरकोट भूकम्प पीडितलाई राहत पुर्याउन सप्तरीको ड्रिम नेपाल युथ एशोसिएसन नामक संस्थाले पहल गरेको छ ।
शुक्रबार दिउँसो ड्रिम नेपालका एक समुह जिल्ला प्रशासन कार्यालय पुगेर सप्तरीका प्रमुख जिल्ला अधिकारीसँग पीडितसम्म राहत पुर्याउने विषयमा छलफल गरेको छ ।
ड्रिम नेपालका अध्यक्ष कमल किशोर साहले प्रजिअसँग राहत पुर्याउने प्रक्रिया सन्दर्भमा छलफल गरेको बताए ।
उनले यसै हप्तामा पीडितसम्म राहत सामग्री पुर्याउने योजना रहेको जानकारी दिए ।
गत कात्तिक १७ गते जाँजरकोटको रामीडाँडालाई केन्द्र बिन्दु बनाएर आएको भूकम्पमा परी १ सय ५७ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा जाँजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् । भूकम्पबाट ५० हजार भन्दा बढी घरमा क्षति भएको छ ।