उमेश साह
राजविराज । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश यादवले हरेक क्षेत्रको विकासको लागि शैक्षिक क्षेत्र महत्वपुर्ण पाठ भएको बताएका छन् ।
सप्तरीको बोदेबर्साईन नगरपालिका- ८ काचनमा रहेको श्री राजाजी जनता माध्यमिक विद्यालय काचनको ६५ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्यक्रमका उनले यस्तो बताएका हुन् ।
शैक्षिक सुधारका लागि मधेस प्रदेशका विभिन्न जिल्लामा महत्वपुर्ण काम भएको र उक्त क्रम जारी नै रहेको समेत उनले औल्याए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सत्य नारायण यादवले भावी योजना तथा रणनीति प्रस्तुत गर्दै अगामी दिनमा विद्यालयलाई नगरपालिकाकै एक नमुना विद्यालयको रुपमा स्थापित गर्ने बताए।
कार्यक्रममा शैक्षिक सत्र २०८० मा कक्षागत रुपमा विद्यालयबाट प्रथम, दृतीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रमका विशिष्ट अतिथी प्राज्ञ नेपाल प्रतिस्ठानका सदस्य डा .सुर्य नारायण यादव , नगर शिक्षा अधिकृत राम सागर यादव , वडा अध्यक्ष बैधनाथ चौधरी लगायतको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई विद्यालयका शिक्षक राम चलित्र चौधरीले उदघोषण गरेका थिए ।