क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको खडक नगरपालिका- ७ कल्याणपुरका कुख्यात मिटर व्याजी रामदेव साहको जेठी छोरी रेणु साह पक्राउ परेकी छिन् ।
मिटर व्याजी आरोपमा अदालतले दोषी ठहर गरि फारर रहेकी साहलाई जनकपुरबाट सोमबार प्रहरीले नियन्त्रणमा लिएका हुन् ।
सप्तरी जिल्ला अदालत राजविराजले २०७९ कातिक १६ गते पक्राउ पुर्जी जारी गरेपछि साह फरार थिइन् ।
सोमबार जनकपुरबाट पक्राउ गरेको साहलाई मंगलबार जिल्ला अदालत पेश गरिएको थियो । अदालतले मंगलबार साहको फाइल हेर्न भ्याउन नसकेर बुधबार पुनः अदालत पेश हुने जिल्ला प्रहरी सप्तरीका प्रवक्ता तथा डिएसपी ढुण्डीराज नेपाउनेले जानकारी दिए ।
यसअघि साहको छोरा नन्द किशोर साह २०७९ जेठ २६ गते धरानबाट पक्राउ परेका थिए भने उनका कान्छी छोरी अनुराधा साह २०७९ जेठ २८ गते काठमाडौबाट पक्राउ परेकी थिइन् । पक्राउ परेका दुबैजना राजविराज कारागारमा रहेको छ । रामदेव साह भने अझै फरार छ्न ।