क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं । तिनकुनेमा जम्मा भएका दुर्गा प्रसाईंका आधा दर्जन भन्दा बढी समर्थकलाई प्रहरी पक्राउ गरेको छ ।
स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थकलाई प्रहरीले पक्राउ गरी नजिकैको प्रहरी चौकीतर्फ लगेको छ ।
प्रहरीले पक्राउ गरेकाहरुको पहिचान खुलाइसकेको छैन । स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा प्रसाई र उनका समर्थकलाई प्रदर्शन गर्न अनुमति दिएको छैन ।
प्रसाईंले मंसिर ७ बाट व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै आएका छन् ।