क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको छ।
राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईं निवासमै रहँदा परिसरमा बाक्लो संख्यामा परिचालन गरिएको हो ।
निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र आउजाउ गर्नेमाथि सोधपुछ र अवरोधको प्रयास भएको प्रसाईंका प्रेस संयोजक सज्जन पोखरेले जानकारी दिए। उनले अहिले निवासमै पत्रकार सम्मेलनको तयारी भएको भन्दै आफूहरुले थप धारणा सार्वजनिक गर्न लागेको बताए ।
प्रशासनले प्रसाईले तीनकुनेमा प्रदर्शन गर्न अनुमति नलिएको र जबरजस्ती गरे धरपकड हुने प्रहरीले स्पष्ट पारेको छ ।















