क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सप्तरी आउँदै छन् ।
आइतबार छिन्नमस्ता गाउँपालिका-३ सखडामा हुने जनसभालाई सम्बोधन गर्न उनी सप्तरी आइरहेको छ ।
सभापति लामिछाने सहित रास्वपा सांसद डोल प्रसाद अर्याल, मनिष झा, सोभिता गौतम, अशोक चौधरी, पार्टीका नेता दिपक बोहरा ,निशा मेहता लगायतका नेताहरु सप्तरी आइरहेको पार्टीका मधेश प्रदेशका सल्लाहकार बरुण झाले जानकारी दिए ।
सभापति लामिछानेको छिन्नमस्ता भगवती मन्दिरमा हुने संध्याकालीन महागंगा आरतीमा समेत सहभागी हुने कार्यक्रम रहेको झाले बताए ।
यस अघि लामिछाने गत भादौमा मधेश प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न सप्तरी आएका थिए ।















