क्रान्ति केन्द्र सम्वाददाता
राजबिराज । सप्तरी जिल्ला कारागार राजविराजमा कैद भुक्तान गरिरहेका एक कैदीको मंगलबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजबिराज १५ का ६५ वार्षिय नन्दलाल मण्डल रहेको कारागार प्रमुख सदानन्द दासले जानकारी दिए ।
उनी कर्तव्य ज्यान मुद्दामा ०७९ कार्तिक १६ गते देखि राजबिराज कारागारमा कैद भुक्तान गरिरहेको जनाइएको छ ।
मंगलबार बिहान शौचालयबाट निस्केपछि उनी लडेका थिए । उनलाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा ल्याएपनि उपचारको क्रममा मण्डलको मृत्यु भएको कारागार प्रमुख दासले बताए ।