क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर गएका छन् ।
अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट लिएर गएका हुन् । रिट दायर हुने प्रक्रिया रहेको जनाइएको छ ।
टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेमा त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् ।
२७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।