श्रवण वत्स
राजविराज । मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठ पर्वका लागि आवश्यक सामग्रीको जोहो गर्न श्रद्धालुहरू जोडतोडका साथ लागेका छन् ।
छठ पर्वमा अनिवार्य रूपमा प्रयोग हुने पूजा सामग्रीमा केरा, नारिवल र ऊखु लगायतका फल पर्छन् । छठ पर्व लक्षित गरेर अहिले सप्तरी लगायतका छठ मनाइने क्षेत्रमा केराको व्यपार एकदमै बढेको छ ।
अहिले बजारमा केरा किन्न आउनेहरूको भीड लागेको छ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि छठ पर्वका लागि केराको बिक्री भइरहेको एक जना व्यपारीले सुनाए । अन्य समयमा केरा बिक्री कम भएपनि छठ नजिकिँदै जाँदा केरा बिक्री निकै हुने गरेको उनले बताए ।
छठ पर्व नजिकिँदै जाँदा केरा हुँदै गएको छ । केही साताअगाडि ६० देखि ७० रुपैयाँसम्म प्रतिदर्जन बिक्री हुने केराको मूल्य छठ पर्व नजिकिएसँगै ८० देखि ९० रुपैयाँसम्म पुगेको छ ।
यसबर्ष आषाढदेखी भाद्र सम्ममा धेरै पानी परेकोले केरा उत्पादनमा कमी भएकोले केराको मुल्य बढी भएको केरा व्यापारी संतोष महतोले बताए ।
यस बर्ष केराको मूल्य ३ सय देखी १५ सय सम्ममा घारी बिक्री हुन्ने गरेको महतोले बताए । सब भन्दा बढी बिक्री हुन्ने केरा चिनि चम्पा केरा हो । सानो दाना भएको चिनियाँ चम्पा केरा खानामा धेरै स्वादिष्ट हुने गर्छन ।
आउँदो शनिबार २ गते खरना र ३ गते आइतबार अस्ताउँदो सूर्यको अर्घ्य र सोमबार उदाउँदो सूर्य देवलाई अर्घ्य दिई छठ पर्व मनाइने छ ।