क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । पूर्वी नवलपरासीको देवचुली नगरपालिका- ८ मुन्डेमा आइतबार जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। बुलिंटारपहाडि क्षेत्रबाट दलदले आउँदै गरेको ग१ज ३२७० नम्बरको जिप देवचुली-८ मुन्डे एस मोडमा एक्कासि घरमा ठोकिएको थियो ।
दुर्घटनामा परी तीन महिला र तीन पुरुषको मृत्यु भएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन्।
मृतक र घाइतेको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइतेको उपचारको लागि चितवनतर्फ पठाइएको छ।