Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

वडा कार्यालयमा तालाबन्दी प्रकरण : वडाध्यक्षको स्पष्टोक्ति ‘राजनीतिक प्रतिशोधको कारण बदनाम गर्न खोजिएको हो’

वडा कार्यालयमा तालाबन्दी प्रकरण : वडाध्यक्षको स्पष्टोक्ति ‘राजनीतिक प्रतिशोधको कारण बदनाम गर्न खोजिएको हो’

क्रान्ति केन्द्र सम्वाददाता

 

राजविराज । सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं ६को कार्यालयमा गरिएको तालाबन्दी प्रकरणमा वडाध्यक्ष परमानन्द यादवले आफ्नो पक्ष सार्वजनिक गरेका छन् ।

 

बुधबार उनले पत्रकार सम्मेलन गर्दै आफुलाई राजनीतिक प्रतिशोधको कारण बदनाम गर्न खोजिएको बताएका छन् ‌।

उनले आफु विशेष कामले पालिकाबाहिर गएको बेला राजनीतिक प्रतिद्वन्द्वीहरुले बदनाम गर्ने नियतले षडयन्त्र गरेर तालाबन्दी गरेको आरोप लगाएका छन् ।‌

‘१२ गते उनीहरु निवेदन लिएर आउनु भएको थियो, मैले चाडपर्व सकेपछि आफुसँग भएको जानकारी उपलब्ध गराउने भनेको थिएँ, उहाँहरूले माग गर्नुभएको कागजात त मसँग हुँदैन्, सबै थोक पालिकामै हुन्छ, चाडपर्वपछि मैले पालिकासँग लिएर उपल्ब्ध गराउने भनेको थिएँ,’ उनले भने, ‘पालिकाको कागजात त लेखा शाखामा छ, र एकाउन्टेन्ट टेकनारायण यादव अहिले निलम्बनमा हुनुहुन्छ, अहिलेसम्म साँचो पनि बुझाउनुभएको छैन्, तैपनि मैले पर्वको पछि आउन भने, म कागज उपलब्ध गराउनु तयार छुँ भने ‌।’

 

उनले १३ गतेदेखि केही दिनको लागि आफु विशेष कामले बाहिर जान लागेको कुरा पनि निवेदन लिएर आएका व्यक्तिहरुलाई जानकारी गराएको बताए ।

पत्रकार सम्मेलनमा वडाध्यक्ष यादवले भने, ‘१३ गतेदेखि म विशेष कामले बाहिर जान लागेको भएकोले वडा सदस्य रिता देवी सदालाई २० गतेसम्मको लागि लिखित रूपमा निमित्त वडाध्यक्षको जिम्मेवारी दिएको थिएँ ।’

वडाध्यक्ष यादवसँगै पत्रकार सम्मेलनमा रहेकी वडा सदस्य सदाले आफुलाई १४ गते वडा कार्यालयबाट निकालेर तालाबन्दी गरेको बताईन् । ‘म वडा कार्यालयमा थिएँ, उहाँहरू आएर मलाई तालाबन्दी गर्छौं भन्दै, पटकपटक बाहिर निस्कन भन्नुभयो,’ उनले भनिन्, ‘मैले वडाध्यक्ष ज्यु बाहिर जानुभएको छ, आएपछि कुरा गर्नुहोला भनेपनि उहाँहरुले मान्नु भएन्, अन्तमा म बाहिर निस्केपछि उहाँहरुले ताल लगाइदिनु भयो ।’

 

वडाध्यक्ष यादवले तालबन्दी गरेको संघर्ष समितिको संयोजक राजेश कुमार राय वडा निर्वाचनमा जनता समाजवादी पार्टीबाट आफ्नो प्रतिस्पर्धी रहेको बताए । वडाध्यक्ष यादवले जसपाबाट निर्वाचित विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश यादव अख्तियारको मुद्दाले निलम्बनमा परेदेखि नै राजेशले उनलाई पटकपटक टर्जर गरिरहेको आरोप लगाए । ‘गाउँपालिका अध्यक्ष उमेश यादवज्यु निलम्बनमा परेदेखि नै राजेशले टर्जर गरिरहेको छ, मेरो सबै योजनाहरुमा डिस्टर्ब गरिरहेको हुन्छन्,’ उनले भने, ‘उहाँहरुलाई लाग्छ मैले नै पालिका अध्यक्ष ज्यूलाई फसाएको हो ।’

वडाध्यक्ष यादवले वडा कार्यालयको ताला खोलाउनको लागि प्रहरी, प्रशासनसँग पनि समन्वय गरिरहेको बताए । उनले आफु सुचना उपलब्ध गराउन तयार रहेको बताए ।

आर्थिक बर्ष २०७९/०८० को आयव्यय सार्वजनिक गर्नुपर्ने, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको योजना सार्वजनिक गर्नुपर्ने, कर्मचारी भर्ना प्रक्रिया सार्वजनिक गर्नुपर्ने, उपभोक्ता समिति गठन प्रक्रिया पारदर्शी गर्नुपर्ने लगायतका मागसहित राजेश कुमार रायको संयोजकत्वको संघर्ष समिति तालबन्दी गरेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology