क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-३ सकरपुरामा जनता समाजवादी पार्टी नेपालका संगठन बिस्तार अभियान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
आइतवार छठ र तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र कुमार साहले मन्तव्य राख्दै जसपाले गरेको कामहरुको चर्चा गरे ।
उनले जसपाले गरेको काम जनतालाई राम्रो संग बुझाउनु नसकेर जसपालाई गत निर्वाचनमा ठूलो क्षती व्यहोर्नुपरेको बताए ।
वडा अध्यक्ष रमेश मुखियाको अध्यक्षतामा भएको संगठन विस्तार अभियान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थ मन्त्री साह रहेका थिए । कार्यक्रममा सोही गाउँपालीका-८ का वडा अध्यक्ष सत्यनारायण यादव, नेता निरज मुक्ती, वबलु राई लगायत सयौंको संख्यामा स्थानीयहरुको उपस्थिति रहेको जसपा तिलाठी कोइलाडीका सचिव शिवनाथ यादवले जानकारी दिए ।