क्रान्ति केन्द्र सम्वाददाता
काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भुक्मप प्रभावित क्षेत्रमा सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने गरी काम अगाडि बढाउने निर्णय गरेको छ ।
आइतबार सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनःनिर्माण कार्य अघि बढाउने निर्णय गरेको छ ।
शनिबार मध्यराती जाजरकाट र रुकुम पश्चिममा गएको ६.४ म्याग्निच्युडको भूकम्प ठूलो मात्रामा घरहरु भत्किएका छन् भने जानमालको क्षति भएको छ ।
पुनःनिर्माण बेलासम्मका लागि भूकम्पबाट आवास क्षति भएका परिवारलाई अस्थायी बसोबासको लागि टहराहरु निर्माण गर्ने पनि सरकारको निर्णय छ ।