क्रान्ति केन्द्र सम्वाददाता
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो एक महिनाको तलब भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने भएका छन् ।
गएराति गएको भुकम्पमा प्रभावितहरुको राहत तथा उद्धारका लागि सरकारले बनाएको कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक् महिनाको तलब जम्मा गर्ने उनको सचिवालयले जनाएको छ ।
अध्यक्ष तिमिल्सिनाले प्राकृतिक विपत्तिको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेहरुको उद्दार र पीडितका लागि राहत, उद्धार र पुनर्स्थापनामा जुट्न आग्रह गरेका छन् ।