क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सरकारले रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितलाई राहत तथा उद्धारको लागि तत्कालै १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५/५ करोड रुपैयाँका दरले रकम पठाउने निर्णय गरेको हो।
यो रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पठाउने निर्णय भएको हो । रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ।