क्रान्ति केन्द्र सम्वाददाता
आइसिसी टी-२० विश्वकपअन्तर्गत एसिया छनोटमा मंगलबार मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह ‘ए’ मा लगातार दुई जित निकाल्दै नेपालले समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको छ ।
नेपालको जितमा कुशल मल्लले ६५ र ओपनर कुशल भुर्तेलले ४३ रन बनाए।
बलिङगमा अविनाश बोहराले ४ विकेट लिँदा मलेसियाले ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । मलेसियाको लागि सइद अजिजले सर्वाधिक ६८ रन बनाए ।