क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । इजरायल र प्यालेस्टिनी विद्राेही समूह हमास द्वन्द्वमा अहिलेसम्म कम्तीमा ३१ जना पत्रकारको मृत्यु भएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले अहिलेसम्म २६ जना प्यालेस्टीनी, चार जना इजरायली र एक जना लेबनानी पत्रकारको मृत्यु भएको जनाएको छ ।
सीपीजेले एक विज्ञप्ति निकालेर गाजामा पत्रकारले असाधारण जोखिमको सामना गरिरहेको बताएको छ । यस्तै गाजामा इजरायलको अन्धाधुन्ध आक्रमणका कारण पत्रकारले बस्ने ठाउँ पनि नपाएको उल्लेख छ । सीपीजेले पत्रकारले भूमिगत सेल्टर लिएकोमा त्यहाँ पनि इजरायली आक्रमण हुने गरेको जनाएको छ ।
अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण थालेपछि भएको युद्धमा १४ सय जना इजरायली र नौ हजार जना प्यालेस्टिनीको ज्यान गइसकेको छ ।