क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा ई-हाजिरी लागु गर्न गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका छन् ।
सोमबार पालिका अध्यक्ष चौधरीले एक पत्र मार्फत उक्त निर्देशन दिएका हुन् ।
कर्मचारीहरुको तलव भत्ता भुक्तानी गर्दा ई-हाजिरी प्रमाणित भए पश्चात मात्र भुक्तानी गर्न/गराउन समेत पत्रमा भनिएको छ ।
गाउँकार्यपालिका कार्यालय, विभिन्न विषयगत शाखा, उपशाखा, वडा कार्यालयहरुमा कार्यरत कर्मचारीहरू कार्यालय समयमा कार्यालयमा नआउने, आई कार्यालय समयसम्म कार्यालयमा नवसी निस्किने जस्ता गुनासोहरु प्राप्त हुन आएकोले उक्त निर्देशन दिइएको पत्रमा उल्लेख छ ।