क्रान्ति केन्द्र सम्वाददाता
गए राति भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा १३ जना यात्रुको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन् ।
आन्ध्र प्रदेशको विजयनगरमा गएराति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखापट्टनम–रायगढा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका हुन् । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ ।
रेल दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनापछि ३३ वटा रेल रद्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।