क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नवरात्रको छैटौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
धर्मशास्त्रका कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएकाे धार्मिक वचन छ । कात्यायनीको उपासनाबाट रोग, शोक, सन्ताप, भय आदि नष्ट हुने धार्मिक विश्वास रहेको छ।
नवरात्राको दश दिन सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता तथा कंकालिनी, राजदेवी मन्दिर लगायतमा भक्तजनको भीड लाग्ने गर्दछ ।