क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीमा स्रोत नखुलेको रकमसहित दुई युवती पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका- २की २७ बर्षीया सागर कुमारी चौधरी र सिरहाको लहान नगरपालिका- १की २६ बर्षीया चन्दा कुमारी रहेकी छिन् ।
प्र.१–०० ४८ प ३०९० नम्बरको स्कुटरमा सबार यिनीहरूलाई विशेष सुचनाको आधारमा पुर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका-१ स्थित खाँडोपुलमा चेकजाँच गर्दा स्कुटरको डिक्कीमा लुकाएर राखिएको ७ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै स्कुटर चालक सागरले लगाएकी ज्याकेटबा ३६ हजार ५सय रुपैयाँ फेला पारेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
उक्त रकमको स्रोत खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको डिएसपी नेउपानेले जानकारी दिए ।