Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

४२ जनाबाट सुरु आइडियलको १४ हजार बढी सदस्य

खुद मुनाफा ४ करोडभन्दा बढी, शेयरधनीलाई १८ प्रतिशत लाभांश दिने

४२ जनाबाट सुरु आइडियलको १४ हजार बढी सदस्य

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । वि.सं. २०५६ सालमा ४२ जनाको समुहबाट स्थापना भएको आइडियल सहकारी संस्था लिमिटेड राजविराजको १४ हजार ४ सय २५ जना सदस्य पुगेको छ ।
शनिबार राजविराजमा आयोजित संस्थाको २४औं बार्षिक साधारण सभामा अध्यक्ष गणेश कुमार आशले संस्थाले आफ्ना शेयरधनी सदस्यहरुलाई १८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

गत आर्थिक बर्ष २०७९/०८०मा संस्थाले कूल १८ करोड ९२ लाख १५ हजार ४८० रुपैयाँ आम्दानी गरेकोमा खुद मुनाफा ४ करोड ४७ लाख ४९ हजार ३सय२४ रुपैयाँ रहेको जनाइएको छ ।
संस्थाले गत आर्थिक बर्षमा ८५ करोड ९० लाख ३८ हजार ७७८ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८१ करोड ३६ लाख ७९ हजार ८ सय ५८ रुपैयाँ ऋण लगानी गरेको छ ।
चालु आर्थिक बर्षमा एक अर्ब ३ करोड ८ लाख ४६ हजार ५३३ रुपैयाँ निक्षेप संकलन गर्ने र ९७ करोड ६४ लाख १५ हजार ८२९ रुपैयाँ ऋण लगानी गर्ने लक्ष्य राखेको संस्थाका उपाध्यक्ष विजयानन्द झाले जानकारी दिए ।

संस्थाको २४औं साधारण सभाको अवसरमा नियमित बचतकर्ताहरुमध्ये रुद्रनारायण साह तथा ऋणीहरुमध्ये भूपेन्द्र प्रसाद मण्डललाई दोसल्ला र प्रशंसा पत्रले अध्यक्ष गणेश कुमार आशले सम्मान गरेका छन् । सो अवसरमा संस्थामा लगातार दश बर्ष सेवा गरेका वरिष्ठ सहायकद्वय सुजाता देव र सावित्रा परियार तथा सहायक रघुनन्दन यादवलाई संस्थाका ब्यवस्थापक विनोद कुमार साफीले तीनै जना कर्मचारीहरुलाई दोसल्ला, प्रशंसा पत्र र नगद हस्तान्तरण गर्दै पुरस्कृत गरेका हुन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष गणेशकुमार आश अध्यक्षीय प्रतिवेदन, उपाध्यक्ष विजयानन्द झाले कोषाध्यक्षको प्रतिवेदन, सचिव शैलेश कुमार चौधरीले सचिवको प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिका सदस्य डम्बर प्रसाद महतोले लेखा तथा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष गणेश कुमार आशको अध्यक्षतामा आयोजित २४औं साधारण सभामा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, पूर्व अध्यक्ष विष्णुकुमार मण्डल, शेयर सदस्यहरु मनोहर कुमार पोखरेल, विजयकुमार दास, मालती दास, कमालउद्दिनले शुभकामना ब्यक्त गरे ।
संस्थाका लेखा तथा सुपरीवेक्षण समितिका संयोजक दिनेश कुमार साहले स्वागत गरेका सो कार्यक्रम राजेश झाले सञ्चालन गरेका थिए ।

गत साउन १९ गते २५औं बार्षिकोत्सव मनाएको आइडियल सहकारी संस्थाले विभिन्न विशेष योजनाहरु समेत ल्याएको छ । रजत जयन्ती बर्षको अवसरमा संस्थाले जलवायु परिवर्तन, रक्तदान, युवाका लागि विशेष कार्यक्रम, खेलकुद, सञ्चार क्षेत्रको विकास, स्वास्थ्य शिविर, मैथिली भाषा साहित्यको विकासमूलक कार्यक्रम, सचेतनामूलक कार्यक्रम जस्ता समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमहरु सञ्चालन गरिने अध्यक्ष गणेश कुमार आशले बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापनपत्र

स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापनपत्र

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology