क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । जनता समाजवादी पार्टीको गाउँपालिका स्तरीय समितिको तिलाठी कोईलाडी गाउँपालिका कार्यवाहक अध्यक्षमा माधव कुमार राय सर्वसम्मतबाट चयन भएको छ ।
शुक्रबार जनता समाजवादी पार्टीले गरेको गाउँपालिका स्तरीय समिती गठन तथा विस्तार कार्यक्रममा राय सर्वसम्मतबाट चयन भएको हो ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नं १ तिलाठीमा भएको गाउँपालिका स्तरीय कमिटी गठन तथा विस्तार कार्यक्रमका प्रमुख आतिथी मधेश प्रदेशका पूर्व अर्थमन्त्री शलैन्द्र साह रहेको थियो ।
(यसअघि कार्यवाहक अध्यक्षको सट्टा अध्यक्ष हुन गएकोले क्षमाप्रार्थी साथ सच्याइएको छ)