क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरी जिल्लाको खडक नगरपालिका-११ बनौलीस्थित पोखरीमा भेटेको शव स्थानीय १८ वर्षीय मोहम्मद अजिममुद्दिनको रहेको खुलेको छ ।
दुई टुक्रा गरि बोरामा राखेर पोखरी भित्र फालिएको अवस्थामा भेटिएको शवको पोस्टमार्टमबाट अजिमुद्दिनको रहेको खुलेको छ ।
भदौ २१ गते मेला देख्न गएपछि बेपता रहेको अजिमुुद्दिनको सम्बन्धमा २३ गते प्रहरीमा उजुरी आएपछि प्रहरीले उनको खोजी तिव्र गरेको थियो ।
अनुसन्धानको क्रममा पोखरीमा फालिएको अवस्थामा शनिबार सडेको अवस्थामा शव फेला परेको थियो ।
उनको हत्या भएको भन्दै संलग्न रहेको आरोपमा स्थानीय ३० बर्षीय बिना यादव, काका ३४ वर्षीय रामप्रकाश यादव, छिमेक ३५ वर्षीय डम्मरनारायण साह, ४० वर्षीय छोटेलाल भन्ने धर्मदेव साहलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।